७ असोज २०७४ समाजसेवी तथा युवा व्यवसायी शिवदेव पाण्डेले समाज सेवामा लागेर उदारणीय काम गरेका छन् । अर्घाखाँची, छत्रदेव गाउपालीका ६, ठूलापोखरा दहनेटामा मध्ययम परिवारमा जन्मेका पाण्डे आफु वैदेशिक रोजगारको शिलशिलामा कुवेतमा रहंदा अलपत्रमा परेका कयौं नेपालीहरुलाई उद्धार गरे ।
उनले ११ वर्षमा नै पोलियो भई शारीरिक अशक्त भएका शिक्षक कृष्ण प्रसाद पौडेलको जीवनयापनको लागि काठमाडौं ल्याई रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीको सहकार्यमा विभिन्न सञ्चार माध्यममा प्रचार÷प्रसार गराउनुको साथै विभिन्न शक्ति केन्द्रमा धाई ठूलो प्रयासपछि रु.१० लाख रुपैयाँ निकासा गर्न समेत सफल भए । उनले नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेललाई आफ्नो जन्म स्थलमा लगी ८० वर्षका वृद्धवृद्धाहरुलाई सम्मान साथै नेपाल राष्ट्र माध्यामिक विद्यालयलाई रु.२४ लाख रुपैया निकासा गरी सयौं विद्यार्थीको भविष्यलाई उज्जल बनाउन समेत लागिपरी उदारणीय काम गरेको कुरा स्थानीय वासीहरु बताउँछन् ।
हजुरबुवाले समाजमा गरेको सेवाबाट प्रभावित भएको बताउने पाण्डे समाज सेवामा लाग्दा आफुलाई अतिनै आनन्द महसुस भएको बताउँछन् । उनी “भन्छन् यदि कुनै पनि मानिसलाई समाज सेवाको भावना भएमा कुनै कुराले पनि बाधा पार्दैन ।”
प्राविधिक शिक्षा अध्ययन गर्दै गर्दा तत्कालीन राजनीतिक वातावरण प्रतिकुल भई उनी वैदेशिक रोजगारमा जान वाध्य भए । त्यहाँ रहँदा उनले अलपत्र परेका कयौं नेपालीहरुलाई उद्धार गरेको उनी बताउछन् ।
दिन प्रतिदिन सयौं युवाहरु विदेशपलायन भईरको प्रसंगमा उनी भन्छन् “राज्य पक्षबाट कृषि र पर्यटनको विकास, घरेलु उद्योग स्थापना र राजनीतिक स्थायीत्व भएमा यसले पनि निकास पाउँछ ।
होटल व्यवसायी समेत रहेका पाण्डे भन्छन् “यदि ग्राहकलाई राम्रो, सफा, स्वादिष्ट र स्वास्थ्यप्रदक खाना खुवाउन सकेमा यसले व्यवसाय र व्यवसायीकको पनि भविष्य उज्जल छ ।
उनले हाल बागबजार अद्धैत मार्गमा थ्रिब्रोदर्स फाष्टफुड एण्ड रेष्टुरेन्ट र गंगवुमा थ्रिब्रोदर्स होटल प्रा.लि.सञ्चालन गरेका छन् ।
Leave a Reply