
रोहीत वस्नेत भाद्र १६ २०७४ होटल प्रतिनिधि समाज पोखराले फुटवल खेलेर बाढीपिडितलाई सहयोग रकम जम्मा गरेका छन् । खेलकुदमा कार्यक्षेत्र विभाजित ४ टिममा सबै होटल प्रतिनिधि समाज पोखराका प्रतिनिधिहरु रहेका थिए उक्त रमाईलो खेलमा पृथ्वीचोक कार्यक्षेत्रका प्रतिनिधी प्रथम भएका थिए भने छोरेपाटन कार्यक्षेत्रका प्रतिनिधी द्धितिय स्थान हासिल गर्न सफल भएका थिए ।
खेलकुदमा बिजेता र उपविजेता लाई प्रमाण—पत्र का साथै नगद रकम संस्थाका अध्यक्ष नगेन्द्र थापाले प्रदान गरे भने उत्कृष्ट खेलाडी नारायण पौडेल घोषित भएका थिए । मैत्रीपूर्ण खेलवाट संकलित रकम रु, ५० हजार भन्दा बढी बाढिपिडित राहत संकलन संयोजक पोखराका पर्यटन व्यावसायी तथा पर्यटन बोर्डका पूर्व सदस्य गणेश वहादुर भट्टराईलाई संस्थाका अध्यक्षले हस्तान्त्रण गरेका थिए ।
उक्त मैत्रीपूर्ण खेल कोमागाने केदारेश्वर मन्दिर पार्कमा कार्यक्रम सन्तकुमार चौधरीको संयोजत्वमा सम्पन्न भएको कार्यक्रमका सह—संयोजक मोतिराम पौडेलले जानकारी दिए ।
Leave a Reply