August 9, 2022

महानगरको मातहतमा नआइकन निजी कम्पनीलाई बुझाएको ”पर्यटन बसपार्क”

असार २१ पोखरा  :  पोखराका पूर्वमेयर मानबहादुर जिसीले आफ्नो पदावधि सकिनुभन्दा ४८ घण्टाअघि सरकारी जग्गा निजी कम्पनीलाई सुम्पिएको खुलासा भएपछि पोखरा तरंगित बनेको छ ।

जेठ ५ गते पदावधि मुक्त हुने भएपछि एमालेबाट निर्वाचित तत्कालीन मेयर जिसीले ४०, १८ र ५ रोपनी जग्गा १० देखि २५ वर्षसम्मको लागि निजी कम्पनीलाई भाडामा दिएका थिए । जबकी तालुकदार पोखरा महानगरपालिका समेत यस बारेमा बेखबर बन्यो ।

उनले जति मूल्यमा दिएका छन् त्यो भन्दा कैयौं गुणा बढी भाडामा लाग्ने अवस्था हुँदा नै मिलेमतोमा कसैलाई सुइँकोसमेत नदिइ भाडामा लगाएको पाइएको छ ।

सम्झौता गर्दाको दिन जेठ ३ गते नगर उपत्यका विकास समितिको कार्यालयमा पोखरा महानगरपालिकाको निर्वाचनको मतगणना चलिरहेको थियो । मतगणनाका लागि कार्यालय बन्द भएको अवस्थामा बाहिर नै सम्झौता गरेको खुलेको हो । तर, कहाँ गएर सम्झौता भयो भन्ने चाहिँ खुलेको छैन । कार्यालयका कर्मचारी स्रोतका अनुसार उक्त दिनको खाजा खर्च भनेर ५० हजार रुपैयाँको बिल समेत नगर उपत्यका विकास समितिको कार्यालयमा पुगेको छ
पोखरा महानगरको मातहतमा नै नआइकन मेयर जिसीले निजी कम्पनीलाई बुझाएको जग्गा हो ‘पर्यटन बसपार्क ।

यो बसपार्क हालसम्म पनि महानगरको स्वामित्वमा आएको छैन । तर, पदावधि सकिने हतारोका कारण मेयर जिसीले यो जग्गालाई पनि १० वर्षको लागि शिला शालिकग्राम निर्माण सेवालाई भाडामा दिइसकेका छन । यही बसपार्क निजी कम्पनीलाई भाडामा लगाएको खुलेपछि मात्रै अन्य दुई जग्गा पनि भाडामा दिएको खुलासा भएको थियो ।

यो जग्गाबाट मासिक २ लाख ७५ हजार भाडा लिने भनिएको छ । जुन चलनचल्तीको बजार दररेट अनुसार निकै कम हो । १८ रोपनी क्षेत्रफल रहेको यो जग्गालाई निर्माण कम्पनीले कुन प्रयोजनमा लिएको हो खुलेको छैन ।

तर, जिसीले चाहिँ प्रयोजनबिना र कानूनी आधारबिनै यो जग्गा निजी कम्पनीलाई दिएका हुन् । मेयर जिसी र निर्माण सेवाका तर्फबाट छविलाल कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

हेरौँ सम्झौताको पूर्णपाठहरु :  

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*