
असार १३ पोखरा :
पोखराका बरीष्ठ पर्यटन व्यवसायी भरतराज पराजुली तथा महिला पर्यटन व्यवसायी मञ्चका संथापक अध्यक्ष जमुना पराजुली पहारीले आफ्नो २५औं बैवाहीक बर्ष गाँठको अवसरमा आफुले शिक्षा हासिल गरेको विधालय श्री ताल बाराही माध्यमिक विधालयमा सवै भन्दा राम्रो अंक प्रदान गर्ने दलित गरीव विधार्थी, सवै भन्दा उच्च अंक प्राप्त गर्ने विधार्थी, सवै भन्दा आर्थिक अवस्था कमजोर भएका विधार्थीको पठन, पाठनको सहयोगको लागी ५१ हजारको अक्षयकोष स्थापना गरेका छन् ।
विभिन्न बहानामा फजुल खर्च गर्ने परिपाटीलाई चिर्दै मेरो सानो सहयोगले गरिव दलितका छोरा छोरीको शिक्षामा थप टेवा पुग्छ भने म किन पछी पर्ने ? पर्यटन समाचारलाई पर्यटन व्यवसायी पराजुलीले बताउनु भयो ।
आफुले एस.एल.सी.सम्म अध्ययन गरेको विद्यालयमा खडा गरेको अक्षयकोषको व्याजबाट सोहि विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका गरिब,जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरि उनीहरुको शिक्षामा आर्थिक सहजता ल्याउन थोरै भए पनि सहयोग हुने महिला पर्यटन व्यवसायी मञ्चका संथापक अध्यक्ष जमुना पराजुली पहारीले बताउनु भयो । पराजुली दाम्पत्ति होटल पिस प्लाजाका सञ्चालक हुन् ।
Leave a Reply