August 9, 2022

सुचनाको हकका लागि वडा सञ्जाल ६ ले जनप्रतिनिधि लाई ६ बुँदे ध्यानाकर्षण बुझाएयो ।

पोखरा २६ जेष्ठ :  पर्यटकीय नगरी लेकसाईड पोखरा वडा नं ६ लाई व्यवस्थीत वडा बनाउन पर्यटन बिकास संगसगै नागरिकका समस्या समाधानका मुख्य ६ बुँदे ध्यानाकर्षण पत्र वडा जनप्रतिनिधि लाई सुचनाको हक का लागि वडा सञ्जाल ६ ले बुझाएको छ ।
नागरिकको समस्या समाधान गर्न र सरकारी निकायलाई जवाफदेही गर्न संजाल ले विभिन्न सामाजिक काम तथा खबरदारी कार्य हरु गर्दै आएको छ । सञ्जालले वडा कार्यालय संग हरपल सहकार्य गरि जनप्रतिनिधि हरुको कार्यकाल सफल पार्न मिलेर काम गर्न तयार रहेको सुचना हकका संयोजक अनिल थापा ले जानकारी दिनु भयो ।

मुख्य ६ बुँदे ध्यानाकर्षण पत्र यस प्रकार रहेका छन् ।

१) सुचनाको हकले वडा ६ कार्यालय ,बैदाम प्रहरी संग सहकार्य गरि पर्यटन सहजिकरणको लागि राखेको welcome to lakeside बोड लाई डिजिटल बोडमा परिणत गरि लेकसाइड प्रवेश गर्ने ३ वटै नाका ९ न्वारथोक तल बुलौदी ,मालपोत तल पुल नजिक ,बैदाम प्रहरी पुलमा हाल welcome to lakeside लेखेकै ठाउँमा सो साईजको उदाहरण अनुसार डिजाईन सहितको लाईट स्वागतबोड राखियोस् ।

२) Swimming pool भनिने ताल अवलोकनको क्षेत्र जुन उदेश्य ले राजकीय सासन मा नागरिक तथा पर्यटकका लागी निशुल्क तालको रमणीय अवलोकन गर्न पाउने संरचना बनेको थियो बिगत केही बर्ष देखि व्यवसायी हिसाब मा भाडा दिएर सञ्चालन भएको सो छेत्र लाई वडा कै मातहतमा ल्याई संरक्षण गरि निशुल्क अवलोकन छेत्र बनाउन यस कार्यलय लागि परोस् ।

३) पर्यटकिय वडा भनिन्छ तर आपतकालीन एमबुलेन्स सेवा छैन१ साथ साथै दुखद पर्दा टिपर लाई शव बहान बनाएर लानु पर्ने बाध्यता पनि नागरिक को देखिएकोले कसरी हुन्छ बmदगबिलअभ ं व्यवस्थीत शव बिहान वडा नं ६ ले आफ्नै पहलमा ल्याउन विशेष पहल गरियोस्  ।

४ ) हाम्रो सफा बैदाम अभियान लाई प्रभावकारी बनाउन वडा को विषेश भुमिका रहोस ।

५)  युवालाई प्रोत्साहन नारा भए पनि वडा नं ६ मा आँखा ले देखिने कयौं खुल्ला चौर भएपनि हरेक बर्ग ले खेल्न पाउने खेलकुद मैदान को अभाव छ त्यसैले नेपाल ट्रष्टको नाउँमा हाल भएको तालकिनार आर्मि चौर वडा कै मातहतमा ल्याउन विशेष पहल रहोस् ।

६) रानिबन पारी पद मार्ग महानगरिय योजना बजेट विनियोजन भएपनि सो काम नभएको हुँदा बरु ताल किनार पदमार्ग को लागी जसरी बराही चोक वडा ६ देखि गैराह चौतारा वडा १८ जोड्ने कार्य भएको छ त्यसरी नै बराही चोक देखि रत्न मन्दिर पछाडी बाट गौरीघाट र पुर्वबाट बशुन्धरा अम्बोट घाट हुँदै आएको पदमार्ग अम्बोट घाट बाट हिमा गृह पछाडीबाट लेक भ्यु निस्कने पद मार्ग बनाई वडा १७ संग वडा ६ लाई जोड्न सकिने हुँदा यस वडा ले डिपिआर सहित पदमार्गनिर्माण कार्य गर्न बिशेष पहल गरियोस् ।

माला ले नभई नेपाली बणमालाले लेखिएको लिखितम अछर को ध्यानाकर्षण पत्र दिएर नवनिर्वाचित वडा नं ६ जनप्रतिनिधि लाई सुचनाको हक का लागि वडा सञ्जाल बैदाम ६ ले स्वागत गरेको छ ।।बुँदामा पर्यटन बिकास संगसंगै नागरिक का अति आवस्यक बिषय लाई केन्द्रित गराएर ध्यानाकर्षण पत्र बुझाएको छ ।
सुचना सञ्जाल बैदाम ले बिभिन्न सामाजिक काम तथा बिभिन्न सरकारी निकायलाई जवाफदेही काम गर्दै आएको छ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*