June 29, 2022

पोखरामा मत गणना जारी धनराजलाई ३४३९ मतको अग्रता

पोखरा ७ जेष्ठ : पोखरा महानगरपालिकामा मतगणना जारी छ । मतगणना शुरु भएको आज ८ दिन भैसक्यो तर कहिले सकिन्छ भन्ने टंङ्गो नै छैन ।

अहिले सम्म पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् ।

अहिले सम्म ८५१५७ मतगणना भएको छ जसमा मेयरका तर्फवाट एकीकृत समाजवादीका धनराज आचार्य, कलम – ३४३३६,
नेकपा एमालेका उम्मेदवार कृष्ण थापा सुर्य – ३०९४९
मेयरका अर्का उम्मेदवार राप्रपाका शंकर प्रसाद खरालले शंकर खराल, हलो – ३८३५
स्वतन्त्र उम्मेदवार गनेस पौडेल लौरो –२३३५
उपमेयरमा नेपाली काँग्रेसकी कोपिला रानाभाटले रुख – ३४८४७, नेकपा एमालेकी मञ्जुदेवी गुरुङले सुर्य – ३५३१२
त्यस्तै उपमेयरमा अर्की उम्मेदवार राप्रपाकी रञ्जना कुमारी सेन पौडेल हलो – ३७३६ मत प्राप्त गरेका छन् ।

पोखरा महानगरपालिका कुल ३३ वडा रहेको महानगरमा हालसम्म २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४, २५, २६, २७, २८ नेपाली काँग्रेसले जित हासिल गरेको छ भने १,५,६,८,२० वडामा नेकपा एमालेले जितेको छ ।
१०, ११, १५, १६, १७, २९, ३०, ३१ मा मतगणना जारी छ भने, १८, १९, २१, २२, ३२, ३३ वटा गणना हुन बाँकी छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*