June 29, 2022

पोखरा महानगर बषौं देखि विचरा भई रोईरहेको छ , त्यसको आँशु पुछ्न आउँदैछु : धनराज

बैशाख २० पोखरा : गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार धनराज आचार्यले पोखरा महानगरपालिका काम गर्न नसकेर विचरा भएको बताएका छन् ।

पोखरा १५ मा जारी चुनावी घरदैलो कार्यक्रमका क्रममा उमेदवार आचार्यले पोखरा महानगरको कमजोर नेतृत्वका कारण पोखरामा विकास हुन नसकेको बताएका हुन् । उनले भने, ‘कमजोर नेतृत्वकै कारण न विकास भयो, न त समृद्धिको आधार नै तयार भयो ।

उमेदवार आचार्यले पोखराका बाटाहरु अहिले रोइरहेको टिप्पणी गरे । उनले भने, ‘पोखराका जिर्ण बाटाहरु रोएका छन् । जसका कारण पोखरेलीले खुसीको सास फेर्न पाएनन्, वितेको पाँच वर्ष त्यसै खेर गयो ।

उनले अव आफु निर्वाचित भएपछि पोखराका सडकहरु मर्मत सम्भार गर्दै स्तरोन्नती गर्ने विश्वास समेत दिलाए ।

 उनले लामो समयदेखी बन्द रहेको फूलबारी रिसोर्ट संचालनका लागि पहल गर्ने बताएका छन् ।

रिसोर्ट बन्द भएपछि कयौंको रोजगारी गुम्नुका साथै पर्यटनमासमेत नकारात्मक प्रभाव पारेकाले यसको सञ्चालनका लागि आफू मेयर भएलगत्तै पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘रिसोर्ट सञ्चालनका लागि म पहलकदमी लिन्छु । यसबाट मजदुरले गुमाएको रोजगारी फिर्ता गर्दै पर्यटनमा पनि सकारात्मक प्रभाव पार्ने वातावरण निर्माण गर्छु ।’

पोखरामा रहेको पाच तारे होटल लामो समय बन्द रहँदा सुविधा खोज्ने पर्यटक र तारे होटल नै रोज्ने पर्यटकहरुलाई समस्यामा परेको उनको भनाई थियो । पर्यटकहरुका लागि पनि महत्वपूर्ण रिसोर्टमा काम गर्ने कामदारहरुको राजगारीको सुनिश्चितासँगै पाहुनाहरुको स्वागत योग्य बनाउने उनको भनाई थियो ।

साथै उनले नेपाल भारतको सम्बन्धको रुपमा रहेको पेन्सन क्याम्पको थप विकासका लागि पनि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए ।

पोखरा महानगरपालिका उपमेयरका उम्मेदवार कोपिला रानाभाटले पोखरा महानगरलाई महिलामैत्री बनाउने बताएकी छिन् । उनले घरदैलौ कार्यक्रममा महानगरलाई महिलामैत्री बनाउने प्रतिवद्धता जनाइन् । महिलाको हकहितका लागि विकासका आधारभुत तत्वको समेत सुधार ल्याउने उनले बताईन् । विषेशगरी उपमयेरको काम न्यायीक समिती र पुर्वाधार संरचना अनुगमन भएपनि मेयरसँग मिलेर पोखराको विकास र समृद्धिका लागि योजनाबद्ध ढंगले काम गर्ने उनले बताईन् ।

महिलाको क्षमता अभिवृद्धि, हक अधिकारका लागि त्यही अनुसारको कार्यक्रम ल्याउने उनले बताइन् । राष्ट्रियताको सवालमा भिन्न विचार भएपनी एक ठाउँमा उभिएको र गठबन्धन अझै चल्नुपर्ने बताइन् । वडामा गठबन्धन गरेका कारण जित सुनिश्चित रहेको उनको दाबी छ । उनले यो समय गठबन्धनको अस्तित्व जोगाउने बेला रहेको र सबैले इमानदार पुर्वक भुमिका बनाउनुपर्ने बताइन् ।

घर दैलो कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष मीनबहादुर गिरीले पाँच वर्ष बुद्धि बंगरा दाते किराले खाएकाले अब उपचार गर्नु पर्ने समय आएको बताए । ५ वर्षसम्म कुनै पनि काम नगर्नेहरुलाई मतदाताहरुले मत मार्फत उपचार गर्नुपर्ने धारणा राखे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*