June 29, 2022

विश्वकै उचाइ सगरमाथामा राजु लामाको कन्सर्ट

बैशाख २० पोखरा : जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक राजु लामा सगरमाथाको क्याम्प-३ पुगेर लामाले मंगोलियन हार्ट ब्याण्डका चर्चित गीतहरु गाए ।

जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश दिन कन्सर्ट गरेको राजुले बताएका छन्  

ग्लोबल वार्मिङ र जलवायु परिवर्तनजस्ता संकट सिर्जना हुनुमा १० प्रतिशत मानवीय प्रवृत्ति जिम्मेवार रहेको उनले बताए । ‘व्यक्तिगत रुपमा कार्बन उत्सर्जनलाई घटाएर हिमाल जोगाउने र सन्देश दिने मेरो उद्देश्य हो,’ उनले भने ।

गिटार लिएर क्याम्प-३ पुगेका राजुले त्यहाँ रिलिज नभइसकेको आफ्नो नयाँ गीत ‘हिमालले डाक्यो मलाई’ गाए । यो गीतले जलवायु परिवर्तनविरुद्धको सन्देश दिने लामा बताउँछन् । उक्त कन्सर्टमा राजुले ब्याण्डका अन्य चर्चित गीत पनि गाएका थिए । ‘यो उचाइमा गाउन त धेरै गाह्रो भएन हल्का सास फेर्न कठिन भयो,’ उनले भने, ‘किनभने मेरा गीतहरु तानेर गाउनुपर्ने छन् । हल्का ब्रेक गर्दै गाएँ ।’

राजु अहिले सगरमाथा चुचुरोमा पुग्ने अभियानमा छन् । साउथ पोलमा शेर्पाहरुले बाटो बनाएपछि आफू त्यसतर्फ अघि बढ्ने उनको योजना छ । उनले शेर्पाहरुको योगदानप्रति समेत आभार व्यक्त गरे ।

‘मैले शेर्पाहरुको योगदान सुनेको मात्र थिएँ, तर अहिले आँखाले देखें,’ उनले भने । सगरमाथा आरोहणपछि फर्किएर वृक्षारोपण अभियानमा सहभागी हुने राजुको योजना छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*