
मंसिर १२ चितवन : करिब १७ महिनापछि कोरोनाको ग्राफ घट्दै गएको अवस्थामा होटल–रेस्टुराँहरू विस्तारै चल्दै थिए । स्वास्थ्य मापदण्ड अपनाएर करिब २० प्रतिशतमात्रै खुले । दसैंतिहारमा केही राहत महसुस भयो कोरोनाका कारण सुनसान रहेको सौराहा यतिबेला भरीभराउ भएको छ देश भरीका एमाले नेता, कार्यकर्ता, तथा एमाले नजीकमा सर्वसाधारण यति बेला चितवनमा रमाइरहेका छन् ।
मंसिर ९ देखि १३ गतेसम्म हुने एमाले महाधिवेशनका कारण चितावनका सम्पूर्ण होटल भरीएका छन । मंसिर १० गते होटलले थेग्न नसक्ने चितवनका पाहुनाहरु आज आएर केही हल्का देखिए पनि अझै चितवनमा पाहुनाहरु भरीभराउ रहेको होटल सञ्चालक तथा थारु नाँच समितिका सदस्य सिताराम थारुले पर्यटन समाचारलाई जानकारी दिए । कोरोनाका कारण बन्द गर्ने स्थिीतिमा पुगेका केही होटलहरु एमाले महाधिवेशनले आशाको दियो बलेको सिताराम थारुले बताए ।
एमाललेले महाधिवेशन अवधिभरका लागि सौराहाका होटल व्यवसायीहरुसंग ६ हजार पाँच सय बेडका लागि ४ करोड रुपैयाँको सम्झौता गरेको छ । सम्झौतमा साना होटलको २५ सय, मझौलाको ३५ सय र ठूला होटलका कोठाको ५ हजार रुपैयाँ तोकेको छ ।
कोभिडका बेला सौराहाले प्रतिदिन करिब ५६ लाख नोक्सानी वहन गर्नुपरेको अनुमान छ । चितवन राष्ट्रिय निकुञ्जले वार्षिक २५ करोड राजस्व गुमाउनुपर्ने अवस्था थियो । जिल्लामा रिसोर्ट, होटल, होमस्टे, जिप, डुङ्गा, हात्ती, टाँगा आदिमा कुल ३० अर्ब लगानी छ । पर्यटकस्तरीय २ सय २५ होटलले यस पर्यटकीय सिजनमा प्रतिदिन एक करोड ५० लाख आम्दानी गर्न नसक्ने अवस्था झेलेका छन् । मझौला तथा साना होटल तथा रेस्टुराँको करिब एक करोड ५० लाख आम्दानी गुम्दै थियो । यस्तो बेला भएको सम्मेलनले आर्थिक कारोबारमा सघाउँदै छ । होटल ब्यवासायी उत्साहीत छन् ।
Leave a Reply