
मंसिर ४ पोखरा : गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको अध्यक्षमा उदय सुवेदी चयन भएका छन् । गण्डकी प्रदेशको सातौ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सुवेदीको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा शोभा कुमारी अधिकारी, सचिवमा शुसिला भण्डारी, कोषाध्यक्षमा कृष्ण भारती, सदस्यहरुमा शिब राज त्रिपाठी, विश्व क्षेत्री, रमेश अर्याल, मेघ मान श्रेष्ठ र चिन्तामणी पोख्रेल सहितको ९ सदस्यीय तथा निवर्तमान अध्यक्ष नवराज सुवेदी र एक मनोनयन गर्ने गरि ११ सदस्यीय कार्यसमितिको चयन भएको छ।

एक स्थानबाट अर्को स्थानमा अस्थाई रूपमा भ्रमण गरि कम्तिमा २४ घन्टा समय विताई त्यहाको आवास,खाना आदि सेवा उपभोग गरि प्राकृतिक सौर्न्दर्य ,स्वच्छ र शान्त वातावरण ,डाँडाकाडाँ , भिरपाखा, हरियाली वनजङ्गल, खोलानाला, तालतलैया, झरना , छाँगा र अन्य भौगोलिक , जैविक एवं सास्कृतिक विविधता, ग्रामीण बस्तीमा रमाउने हँसिलो मुहारले पाहुनाहरुको स्वागत सत्कार एवं सेवा पुर्याउने नेपालिहरु र उनिहरुको दिनचर्या , कला सस्कृतिको अनुभव गर्नुको साथै घर धनी र पाहुना बिच एक आपसका ज्ञान् ,अनुभव ,विचार र उपयुक्त प्रबिधिको आदन प्रदान लगायत एक अर्काका सम्बन्ध लाई सुदृढ र प्रगाढ बनाएर ग्रामिण पर्यटन प्रबर्द्धनका साथै ग्रामीण क्षेत्रको मौलिक उत्पादन, त्यहाँको संस्कृति, खानपिन र अतिथि सत्कारका बिषयहरु लाई थप उजागर गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने र प्रबर्द्धन गर्ने उदेश्यले बि. सं. २०५४ सालमा भिटोफ स्थापित भएको हो ।
Leave a Reply