August 16, 2022

नेपाल र बंगलादेशबीच पर्यटकीय सम्बन्ध

मंसिर ३ पोखरा : नेपाल र बंगलादेशबीच पर्यटकीय सम्बन्धलाई थप बलियो वनाउन बंगलादेशका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारी गरी अगाडी बढने सहमती भएको छ ।

प्यासिफिक एशिया ट्राभल एशोसिएसन(पाटा) नेपालको निमन्त्रणमा नेपालको परिचयात्मक भ्रमणमा रहेको पाटा बंगलादेशका पदाधिकारी सहित त्यहाँका पर्यटन व्यवसायी र सञ्चारकर्मीसँगको भेटमा पर्यटकीय साझेदारी बढाउँदै कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनु जरुरी रहेको बताए ।

पोखरा पर्यटन परिषदको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवम् पाटा नेपालको संयोजनमा पोखरामा आज आयोजित कार्यक्रमका वक्ताले कोरोना महामारीका कारण प्रभावित पर्यटनलाई साझेदारीका माध्यमबाट अघि बढाउन सकिएमा चाँडैं नै पर्यटन क्षेत्रमा राम्रो सन्देश जाने बताए ।

पाटा नेपालका कार्यकारी सदस्य टीकाराम सापकोटाले कोरोना प्रभावित पर्यटनलाई उठाउनु अहिलेको आवश्यकता भएको बताउँदै छिमेकी राष्ट्रबीचको पर्यटकीय साझेदारी अपरिहार्य भएको बताउनुभयो । कोरोना अघि नेपालमा वार्षिक २६ हजारको सङ्ख्यामा बंगलादेशका पर्यटक आउने गरेको उहाँले बताउनुभयो ।

पाटा बंगलादेशका अध्यक्ष शहिद हमिदले नेपाल दृश्यावलोनका लागि आकर्षक गन्तव्य रहेको बताउँदै यहाँका हिमाली दृश्यले बंगलादेशका पर्यटकलाई लोभ्याउने गरेको बताउनुभयो । नेपाल र बंगलादेशबीच पर्यटकीय सम्बन्धलाई बलियो बनाउनुपर्ने उहाँले धारणा राख्नुभयो ।२०१८मा बंगलादे बाट २६ हजार जनाले नेपाल भ्रमण गरेको उहाँको भनाई थियो ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यलयका प्रमुृख काशीराज भण्डारीले एक देश र अर्को देशका व्यवसायीबीच हुने साझेदारीका कार्यक्रममले दुबैलाई फाइदा पुग्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का महासचिव रामचन्द्र शर्माले कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन यस किसिमका कार्यक्रम अपरिहार्य भएको बताउँदै व्यवसायीबीचको यो कार्यक्रम फलदायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पाटा बंगलादेशका पदाधिकारी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मी सहित १८ जना र पोखराका पर्यटन व्यवसायीको सहभागिता थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*