
असोज २१ पोखरा :
कास्कीको ढिकुरपोखरीका तारानाथ अधिकारी पर्यटन विभागको महानिर्देशकमा नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीलाई विभागको महानिर्देशकमा पठाएको हो । अधिकारी पर्यटन मन्त्रालयकै प्रशासन तथा योजना महाशाखा प्रमुख थिए ।
तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङको प्रदेश मन्त्रालयमा सरुवा भएसँगै रिक्त पदमा अधिकारीलाई विभागको नेतृत्व दिएको हो । अधिकारी केही वर्षअघि कास्कीको प्रमुख जिल्ला अधिकारी समेत थिए ।
Leave a Reply