
रोहीत वस्नेत
भाद्र २३ पोखरा : पोखरामा भएको एक राजनैतिक सार्बजनिक कार्यक्रममा राजनितीक एजेन्डासंग पार्टी प्रबेश भन्दै पर्यटकिय संस्थाको नाम जोडेर ब्यक्ति सार्बजनिक गरिनु गम्भिर आपत्ती भएको भन्दै टान पश्चिामाञ्चल पोखराका अध्यक्ष शुसिल पौडेलले सामाजिक सञ्जालमा पोष्ट गर्नु भएको छ ।
शुसिल पौडेल अगाडी लेख्नुभएको छ (नव-प्रबेशीको संज्ञा दिएर सार्बजनिक) समेत गर्नु बल्ल जन्माएर न्वारन गरिदिएको जुन अझ हास्यास्पद हो र खेदजनक छ । उहाँको पोष्टमा ५० औं पर्यटन व्यवसायीहरुले सहमत जनाएका छन् । उहाँको पोष्ट जस्ताको तस्तै : —

हिजो पोखराको लेकसाइड स्थित माउण्ट कैलाश रिसोर्टमा आयोजित पर्यटन तथा उद्योगी व्यवसायीहरु पार्टी प्रवेश एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पर्यटन क्षेत्रका केही व्याक्तिहरु पार्टी प्रवेश गरेका हुन् ।
अहिले पर्यटन व्यवसायीहरु राजनितिक पार्टी प्रवेश गर्ने एउटा लहर चलेको देखियो । केहि दिन पहिला पनि ठुलो संख्यामा पर्यटन व्यवसायीहरु नेपाली कांगेसमा प्रवेश गरेको सार्वजनिक भएको थियो । पर्यटन संस्थाहरु र यसको आबद्दतालाई जोडेर पार्टी प्रबेशको होडबाजि नै चलेको देखिन्छ । पर्यटकीय संघ सस्थाको नाम जोडेर राजनीति प्रबेश गर्नु बिशुद्ध सामाजिक संस्थाको नाम मेटीएर पर्यटन संस्थाहरु राजनितिक छहारीमा हुर्केका छन कि भन्ने पश्न खडा भएको छ ।
Leave a Reply