
भाद्र २२ पोखरा
संस्कृत युवा मञ्च नेपालले पोखरामा रहेका तर आर्थिक अभावमा नित्य पूजा हुन नसकेका मन्दिरहरुमा नित्य पूजा सञ्चालनका लागि समन्वय गर्ने भएको छ । आर्थिक अभावका कारण अथवा गुरुहरुको अभावका कारण पूजापाठ सञ्चालन हुन नसकेका विभिन्न धामहरुमा अर्थ व्यवस्था , गुरु व्यवस्था अथवा अन्य आवश्यक व्यवस्थापन गरेर नित्यपूजा सञ्चालन गर्नुपर्ने र हरेक मन्दिरहरुमा नित्यपूजा र भगवत् सेवा भएमा मात्रै राष्ट्रमा शान्ति छाउने संस्थाका उपाध्यक्ष रामकृष्ण अर्यालले वताए ।
आर्थिक अभावका कारण यज्ञ यज्ञादि गर्न नसकेका विपन्न परिवारहरु हुनुहुन्छ भने उहाँहरुको घरमा निःशुल्क यज्ञ व्यवस्थापन समन्वय समेत युवा मञ्चले गर्ने भएको छ । पोखरामा रहेका हरेक मन्दिरहरु भौतिक दुरी कायम गर्दै सञ्चालन गर्नका निम्ति प्रशासनसङ्ग सहकार्य गरेर अगाडि बढ्ने संस्थाका अध्यक्ष हरिशरण पौडेलले जानकारी दिए ।
विभिन्न सामाजिक तथा धार्मिक व्यक्तिहरुले निस्वार्थ आर्थिक सहयोग गर्न सक्ने कुरा कोषाध्यक्ष डिल्लीराम पोख्रेलले गरेका छन् । संस्थाका सचिव विश्वराज सापकोटाले यस महान कार्यमा सहयोग र साथका लागि संस्थाका पदाधिकारीहरु सङ्ग वा ९८४६३९५३१२ , ९८५६०६४८०३ , ९८५६०४४७७९ , ९८४६५६४५१७, ९८५६०३५७११ , ९८४६६०४९६८ मा सम्पर्क गर्नका निम्ति आह्वान गरेका छन् । संस्थाका संस्थापक अध्यक्ष , सल्लाहकार राम प्रसाद सिग्देल र सल्लाहकार गिरिधर आचार्यले यो पुण्यमय अभियानमा सबै धार्मिक र सामाजिक संस्थाहरु जोडिनुहुन नम्र निवेदन गरेका छन्।
Leave a Reply