
भाद्र १६ पोखरा :
बुद्ध एयरले बुधबारदेखि पोखरा-सिमरा सिधा उडान सुरु गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा र प्रदेश २ लाई हवाई उडानबाट जोड्ने गरी उडान सुरु भएको हो ।
यसअघि पोखरालाई भैरहवा, भरतपुर (चितवन ) बाट सिधा उडान विस्तार गरेको बुद्ध एयरले नेपालगञ्ज -पोखरा सिधा उडान हालै सञ्चालनमा ल्याएको थियो । पोखरालाई विभिन्न प्रदेशसँग हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्ध एयरले जनाएको छ ।
महत्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै कम्पनीले सिमराबाट सिधा उडान सुरु गरेको बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । १८ सिट क्षमताको बीचक्राप्ट १९०० डी सिरिजको जहाजबाट उडान सुरु गरेको बरालले बताए ।
पोखरा-सिमरा हप्ताको तीन दिन उडान हुने छ । आइतबार, बुधबार र शुक्रबार उडान हुने पनि बुद्ध एयरले जनाएको छ। हवाई सेवा तीन किसीमको क्याटगोरीको छ ।
वाइ क्लासको उडान शुल्क ७१ सय ७० रुपौयाँ लाग्नेछ । यसैगरी ए क्लासको यात्रा गर्दा ५२ सय ७० रुपौयाँ भाडा दर तोकीएको छ भने सस्तो यात्राका लागि बी क्लास ४७ सय ७० रुपौयाँ लाग्ने बुद्ध एयरले जनाएको छ।
पोखराबाट दिउँसो १२ः२० मा सिमराका लागि उड्ने जहाज सिमराबाट १:१५ बजे पोखराका लागि उड्नेछ । आवश्यक्ता अनुसार बुद्धले ७० सिटको ठुलो आकारको जहाज उडान भर्ने बताएको छ । बुद्धले पोखराबाट भारतीय सिमा नजिकको तराईको गन्तब्यमा योसँगै तेस्रो उडान सुरु गरेको हो । भैरहवा, नेपालगञ्ज सिधा उडान यस अघि नै गरिरहेको छ ।
थोरै समयका लागि पोखरा आउजाउ गर्ने पर्यटकलाई यो सेवाले थप आकर्षित गर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताए । यो सेवासँगै भारतीय तिर्थयात्रु, भारत हुँदै आउने विदेशी पर्यटक र स्वदेशी पर्यटकको आकर्षण बढ्ने उनले सुनाए ।
३० मिनेटमै पोखराबाट सिमरा जान र उति नै समयमा सिमराबाट पोखरा आउन सकिने भएपछि गर्मी छल्न चाहने भारतीय पर्यटकको प्रमुख गन्तब्य पोखरा बन्ने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
भारतीय पर्यटकको मुख्य आकर्षण धार्मिक तिर्थस्थल मुक्तिनाथ भएकोले धारतीय तिर्थयात्रुको संख्या उल्लेखिय मात्रमा बढ्ने उनले विश्वास गरे । हवाई सेवा सुरुसँगै पोखराको पर्यटन विकासमा थप उचाई दिने छ । दश घण्टाका सडक यात्रा हवाई यात्रा सुरु भएपछि रक्सौलबाट आउने भारतीय पर्यटकका उल्लेखिय वृद्धि हुने उनले बताए । गया कासी जाने नेपाली धार्मिक पर्यटकका लागि पनि हवाई यात्राले सहज हुने सिग्देलले बताए ।
Leave a Reply