
साउन २९ पोखरा : पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध संघ संस्था लगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताको आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको बरीष्ठ पर्यटन व्यवसायी भरतराज पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउण्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेण्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो । प्रत्येक खोपकेन्द्रमा पाँचसय खोपको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
पर्यटनकर्मीको लामो प्रयासमा जम्मा २५ सय खोप उपलब्ध गराइएको होटलका लगभग १५ देखि २५ कर्मचारी छन तर २ जनालाइ मात्रै खोपको व्यवस्था भएको बाँकीलाइ कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल भएको त्यो २५ सय खोप थुकु कि निलुको अवस्था रहेको बताउनु भयो ।
उता परिषद्का अध्यक्ष गोपीबहादुर भटटराई निकै लामो समयको प्रयास पछि पहिलो चरण सरकारले पर्यटन क्षेत्रलाई २५ सय खोप छुटटाएको हामीले निकै लामो समयदेखि तीन तहकै सरकारलाई खोपको माग गर्दै आएका थियौ, अहिले पहिलो चरणमा जम्मा २५ सय खोप उपलब्ध भयो पहिलो चरणको खोप फ्रन्टलाइनमा खटिने मजदुर, कर्मचारी र व्यवसायीलाई खोपको प्रबन्ध गरेको जानकारी दिनुभयो । उहाँले २५ सय खोप पर्याप्त नभएको जनाउँदै पुनः बाँकी पर्यटनकर्मीका लागि पनि सरकारले छिटो खोप उपलब्ध गराउनेमा आशावादी रहेको बताउनुभयो । उहाँका अनुसार पोखरामा २० हजार बढी पर्यटन क्षेत्रमा आवद्ध रहेका छन् ।
खोपकेन्द्रको गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकमार थापाले संयुक्त अनुगमन गर्नुभएको थियो । मन्त्री कँडेलले पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रलाइ प्राथमिकता राखेको जनाउँदै छिट्टै बाँकी पर्यटनकर्मीका लागि खोपको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
परिषद्ले पर्यटनकर्मीलाई खोपको सुनिश्चिता नभएसम्म पर्यटन व्यवसाय संचालन गर्न नसक्ने भन्दै “नो भ्याक्सि, नो टुरिज्म” भन्दै सामाजिक सञ्जाल लगायत जिल्ला प्रशासन अगाडि विभिन्न चरणमा दबाबमुलक आन्दोलन समेत गरेको थियो
Leave a Reply