July 2, 2022

पर्यटन मजदुरले बुझायो प्रदेश सरकारलाई ज्ञापन पत्र

साउन २९ पोखरा :

पर्यटन मजदुरलाई सरकारले बेवास्ता गरेको भन्दै अखिल नेपाल होटल रेष्टुराँ तथा क्यासीनो मजदुर संघ गण्डकी प्रदेशले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मजदुरहरु बराम्बार राज्य बाट उपेक्षित हुनुपरेको भन्दै अखिल नेपाल होटल रेष्टुराँ तथा क्यासीनो मजदुर संघको टोलीले अर्थ मन्त्री रामजी प्रसाद बराललाई ज्ञापन पत्र बुझाएको हो ।

मन्त्री बराललाई बुझाएको ज्ञापनपत्रमा पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमकिको जीवन रक्षाको माग गरिएको छ । कोभिड १९ बाट राज्यतहबाटै मजदुर वर्गहरुको हक हितको लागि बेवास्ता हुनु दुखद् रहेको अखिल नेपाल होटल रेष्टुराँ तथा क्यासीनो मजदुर संघका केन्द्रिय सदस्य रमेश घिमिरेले बताउनुभयो ।

अखिल नेपाल होटल रेष्टुराँ तथा क्यासीनो मजदुर संघले कोभिड १९ को कारणले लामो समय देखि होटल रेष्टुरेण्ट बन्द हुदाँ पर्यटनव्यवसायी र मजदुर वर्गमा देखिएको समस्या अन्त्य गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको हो । संघले मजदुरलाई तत्काल खोपको व्यवस्था गर्न, पर्यटन उद्योग र मजदुरहरुलाई राहत प्याकेज उपलब्ध गराउनुपर्ने, लोनको व्यवस्था गर्नुपर्ने, रोजगारीको ग्यारेण्टी हुनुपर्ने, श्रम कार्यालयले तोकेको न्युनतम ज्याला कार्यान्वयन हुनुपर्ने, सुराक्षा कोष कार्यान्वयन यथाशाक्य छिटो लागुगर्नुपर्ने लगाएतको माग राखेको छ ।

पर्यटन क्षेत्रका हजारौं मजदुर कोभिड महामारीले नित्याएको संकटका कारण दैनिक गुजारा चलाउने अर्थोपार्जनको अभावमा छन् । पदयात्रा, पर्वतारोणह, गाइड, पर्यटक सवारी, होटल, ¥याफ्टिङसहितका अन्य मजदुर पनि चरम संकटमा छन् । पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका अनुसार कोभिडका कारण करिब प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका करिब १० देखि १५ लाख पर्यटन मजदुर प्रभावित भएका छन् । मजदुर पर्यटन क्षेत्रमै निर्भर रहेको र यी क्षेत्रप्रतिको आशामा जिइरहेको घिमिरे बताउनुहुन्छ ।

महामारीपछि मजदुर चरम समस्यामा परेका छन् भने यता पर्यटन व्यवसायी धमाधम बिस्थापित हुन पुगेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*