
रोहीत वस्नेत :
बैशाख ४ पोखरा
अर्घाखाँची–पोखरा सम्पर्क समाज ले १४औं बार्षिक साधारणसभा, ७औं अधिबेशन कार्यक्रम सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा समाजद्वारा प्रकाशित नयाँ वर्ष २०७८ को भित्तेपात्रो बिमोचन सँगै चेत नारायण पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा दधिराम खनाल, द्धितिय उपाध्यक्षमा राम प्रसाद पौडेल, महा-सचिवमा वाबुलाल पाण्डे, कोषाध्यक्षमा शोभाखर पाण्डे, सचिवमा इन्द्र कुवँर, सह-कोषाध्यक्षमा नवराज पाण्डे तेसैगरी सदस्यहरुमा गोमा आचार्य, झविन्द्र अधिकारी, गणेश बन्जाडे, सिता सुनार, राम प्रसाद पाण्डे, खिमलाल बरायली, कृष्ण पाण्डे र शोभा पाण्डे चयन भएका छन् ।
तेसै गरी उपसमितिमा , खाध्य उप-समिति संयोजक : लक्ष्मण अधिकारी, युवा तथा खेलकुद :अर्जुन अधिकारी, समाजिक उत्तरदायित्तव नारायण पाण्डे, पर्यटन संघ संस्था : धर्मराज पंथी, महिला विकास उपसमितिः पार्वती पौडेल : अतिरिक्त क्रियाकलाप : बर्षा पौडेल, आइ.टि संयोजक : कृष्ण पाण्डे र लेखा समिति संयोजक : नरेन्द्र आचार्यलाई चयन गरीएको कुरा अर्धाखाँची पोखरा सम्पर्क समाजका बरीष्ठ सल्लाहकार ज्ञानहरी आर्चायले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री माननीय टोपबहादुर रायमाझी “अनिल”ले नयाँ वर्षले नयाँ एजेण्डाका साथ देशलाई अघि बढाउने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । अर्घाखाँचीबासी र अर्घाखाँची जिल्लाको समग्र विकास र समृद्धिका लागि जुनसुकै विचार एवं राजनीतिमा आस्था राख्ने भएपनि एकजुट भएर विकासमा लाग्नुपर्ने उहाँको भनाइ थियो । समाजका अध्यक्ष लील बहादुर जिसीको अध्यक्षतामा कार्यक्रमका सम्पन्न भएको थियो ।
जहाँ जस्तो अवस्थामा रहेपनि आफ्नो जन्मभूमिप्रतिको कर्तव्य भुल्न नहुने आफ्नो पुख्र्यौली भूमिको विकासका लागि जुन ठाउँमा जुन पेशा, व्यवसायमा भएपनि आफ्नो ठाउँबाट जुट्नुपर्ने सामाजिक भावनाका साथ एक आपसमा सुख, दुःख साटासाट गर्न यस्ता समाज उपयोगी हुने देखिन्छन् ।

समुद्री सतहको ३८७मि. देखि २५१५मि. सम्मको उचाइमा अवस्थित नेपालको पश्चिमि क्षेत्रमा पर्ने एक पहाडी जिल्ला अर्घाखाँची लुम्बिनी अञ्चल को ६ जिल्ला मध्य यो जिल्ला ११९३ बर्ग किमि क्षेत्रफलमा फैलिएको छ ।
सन्धिखर्क अर्घाखाँची जिल्लाको सदरमुकाम हो । महेन्द्र राजमार्गसङ जोडिएको सदरमुकाम जोड्ने मुख्य मार्ग ६८ किमि रहेको छ।
तिन नगरपालिका (सन्धिखर्क नगरपालिका, शीतगंगा नगरपालिका,भूमिकास्थान नगरपालिका ) तथा तिनै गाउँपालिका (छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका मालारानी गाउँपालिका) रहेको यो जिल्लामा प्रतिनिधि सभा – १ प्रदेश सभा – २ निर्वाचन क्षेत्र रहेका छन । सडक यातायातका हिसाबले सुगम मानिने यो जिल्लामा करिब १९७६३२ मानिसहरु बसोबास गर्दछन।
हिन्दु धर्मावलम्बीको बाहुल्यता रहेको यो जिल्लामा यसका अलवा मुस्लिम,बौद्ध तथा क्रिस्चियन धर्म मान्ने मानिसहरु पनि रहेका छन। नेपाली अधिकांस जिल्लाबासिको मातृभाषा हो। ब्राह्मण,क्षेत्री,मगर,नेवार लगायत अन्य दलित जातिहरुको बसोबास रहेको छ।
शैक्षिक क्षेत्रमा नेपालका अन्न्य जिल्लाको तुलनामा अगाडि रहेको यो जिल्ला ९७.२४५ साक्षरता सहित पुर्ण साक्षर घोषणा गरिएको जिल्ला हो ।

Leave a Reply