
चैत्र १५ पोखरा: कोभिड–१९ को सम्भावित प्रकोपबीच संक्रमणको जोखिम कम गर्न घरमै बसेर सुरक्षित तरिकाले होली मनाउन जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।
घरमा होली मनाउँदा पनि सुरक्षित रूपमा प्राकृतिक रङ र स्वस्थकर खानपानमा ध्यान दिन आग्रह गरेको छ ।
कोभिडको ‘सुपरस्प्रेडर’ हुन सक्ने सम्भावनालाई दृष्टिगत गरेर स्वास्थ्य मन्त्रालयले घरभित्रै परिवारबीच होली मनाउन आग्रह गरेको हो ।
‘कोभिडको पुनः फैलिँदो संक्रमणबाट बच्न कमभन्दा कम व्यक्तिसँग भेटघाट गर्नु आवश्यक छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले भने, ‘तपाईंलाई कुन व्यक्तिले संक्रमण गर्न सक्छ वा तपाईंबाट संक्रमित हुन सक्छ, यो थाहा पाउन सकिन्न । यसैले घरभित्रै परिवारसँग पर्व मनाएर सम्भावित संक्रमणको विस्तार कम गर्न सघाउनुस् ।
यता होली पर्वमा संभावित घटना घट्न नदिन पोखराको मुख्य बजारहरुमा प्रहरीले बिशेष सुरक्षा योजना बनाएको छ। जिल्ला प्रहरी कार्यलय कास्कीले होली खेल्ने निहुँमा ईच्छा बिपरित रङ्ग दलिदिने, हुलहुज्जत गर्ने, दङ्गा फसाद वा झैझगडा हुने, हतियार प्रयोग हुने र मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेहरुलाई नियन्त्रण गर्न प्रहरीले बिशेष सुरक्षा योजना बनाएको हो। होली पर्व मनाउँदा अनिवार्य माक्सको प्रयोग गरी घरमौ बसेर रमाइलो गर्न समेत आग्रह गरेको छ ।
Leave a Reply