
पोखरामा भएको प्याराग्लाइडिङ दुर्घटनामा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ ।
नेपाली सेनाबाट प्याराग्लाइडिङको नियमित प्रशिक्षणमा रहेका सेनाको जवान राजाराम मगरको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । करिव सवा २ वजे भएको दुर्घटनामा कालिजङ्ग गणमा कार्यरत वर्ष २३ का मगरको उद्धार पश्चात पोखरा ११ स्थित रानीपौवाको नेपाली सेनाको अस्पतालमा पुर्याइपनि उपचारको क्रममा साँझ निधन भएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवाश हमालले जानकारी दिए ।
दुर्घटना लगतै नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीले उनलाई उद्धार गरेको थियो ।
Leave a Reply