
माघ १ पोखरा: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा अन्तरास्ट्रीय विमानस्थल निर्धारित समयमा सम्पन्न हुने भौतिक प्रगतीको हिसाबले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्दा पोखरा विमानस्थल उत्कृष्ट रहेको बताएका छन् ।
भैरहवामा निर्माण हुन लागेको विमानस्थलको स्थलगत अवलोकनपछि बिहिबार पोखरा आइपुगेका मन्त्रीले निर्माण प्रगती पोखराको राम्रो भएको बताएका हुन ।
उनले विमानस्थललाइ यथासक्य छिटो संचालनमा ल्याउने गरि तयारि भैरहेको भन्दै राज्यका तर्फबाट बिलम्ब भएका बिसयबस्तुलाइ समाधान गरि अघि बढ्ने बताए ।
समग्र पर्यटन क्षेत्र मात्र नभई देशको आर्थिक बिकासमा समेत महत्वपुर्ण मानिएको सो आयोजनामा कुनै ढिलाई नहुने भन्दै सरकारको तर्फबाट मन्त्री ढकालले सम्भब भएसम्म समयमा सम्पन्न गर्न लागि पर्ने प्रतिबदत्ता ब्यक्त गरे । अबसरमा उनले आयोजनाको कार्यप्रगतिको जानकारी लिदै निर्माण कार्य तिब्र गतिमा अघि बढाउन आग्रह गरे ।
पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको अहिले सम्म ७० प्रतिशत भौतिक संरचना निर्माणको काम सम्पन्न भैइसकेको छ ।
Leave a Reply