
पौष २८ पोखरा : नाटा पोखराले क्यान्सरका बिरामीलाई पोखरादेखी काठमाडौँ र भरतपुर जान आउन निःशुल्क पर्यटक बसको टिकट उपलव्ध गराउने भएको छ ।
यस सम्वन्धमा नाटा र नेपाल अर्बुद रोग निवारण संस्थाबीच सम्झौता सम्पन्न भएको छ । बिमारीको उपचारको लागि अर्बुद रोग संस्थाको सिफारिसमा भरतपुर वा काठमाण्डौ पर्यटक बसमा जाने आउने टिकट व्यवस्था निशुल्क गर्ने गरी सम्झौता भएको नाटाका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
नाटाले पुर्व अध्यक्ष हरि प्रसाद शर्मा उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश सदस्यमा मनोनीत, तेस्तै पर्यटन व्यवसायी होटलका सदस्य देबेन्द्र के।सी। पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।
विश्व माहामारीको रुपमा फैलिएको कोभिड १९ बाट संघका सदस्यहरुलाई पर्न सक्ने प्रभावलाई मध्यनजर गरी गरिएको बिमा बाट प्राप्त रकम संघका
सदस्यहरु नबराज अधिकारी र बिजय पौडेललाई हस्तान्तरण गरिएको छ ।
यस अगाडी संघका सदस्य सोम बहादुर थापालाई बिमा रकम भुक्तान गरिएको थियो ।
Leave a Reply