
कार्तिक २९ पोखरा: पोखरा महानगरपालिका वडा नंं. ६ का स्व. रुद्रनाथ बरालको पुण्य स्मृतिमा धर्मपत्नी राधा देवी बरालले फेवातालको किनारमा रहेको फुटट्रेक जोडिने उत्तर पट्टीको गेट सँगै रहेको गैराचौतारा स्थित मुल खोलामा फलामबाट निर्मित पुल तथा पिउने पानीको कुवा निर्माण गरी उद्घाटन गर्नु भएको छ ।

रु. सात लाख बराबरको सो निर्माण कार्य स्वर्गीय श्रीमानको सम्झनामा आफ्नै जग्गाको किनारमा रहेको फुटट्रेक जोडिने मुल खोलामा फलामे पुल तथा कुवाले त्यस क्षेत्रका बासिन्दाहरुका लागि पिउँने पानीमा महत्वपूर्ण भुमिका खेल्ने तथा फेवाताल किनारमा फुटट्रेक जोडिने फलामे पुलले पर्यटन प्रवद्धनमा ठुलो टेवा पुग्ने देखिन्छ ।


बषौं देखि जिर्ण अवस्थामा स्थानिय सरकारको बाटो हेरीरहेको उक्त मुल खोलामा बनेको पुलले सरकारले आर्थिक समृद्धि तथा मुलुकभित्रै पर्यटनको विकास सिर्जना गर्ने प्रमुख स्रोतको रुपमा पर्यटन क्षेत्रलाई लिएको दाबी गरे पनि ‘‘सरकारको काम कहीले जाला घाम”‘ भएको छ निजी क्षेत्रले विकास तथा विस्तारमा काम गर्दै जाँदा सरकारको आवश्यक पूर्वाधार निर्माणमा सरकारको आँखा नपुग्नु र पुगे पनि ध्यान नदिनु अहिले विकासका प्रमुख चुनौती बन्दै गएका छन् ।

सो निर्माण कार्यमा केही दिन पहिला वडा सदस्य हरि पहारीले वडा नं. ६ले सहजीकरणको भुमिका खेलेको सामाजिक सञ्जालमा पोष्ट समेत गर्नु भएको थियो ।

Leave a Reply