
कार्तिक १७ पोखरा :
”टान” पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको अध्यक्षमा सुशील पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी संघको सचिव पदमा मीलन तिवारी पनि सर्वसम्मत निर्वाचित भएका छन् । संघको १६ अधिवेशनका लागि अध्यक्षमा सुशील पौडेल तथा सचिव पदमा मीलन तिवारीको मात्रै एकल उम्मेदवारी परेको हो ।
अन्य पदमा मतदान हुँदै
संघको आगामी निर्वाचनका लागि अन्य पदमा कात्तिक १९ गते बुधबार निर्वाचन हुने भएको छ । प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र जीवनराज सापकोटाको उम्मेदवारी परेको छ ।
द्वितीय उपाध्यक्षमा उदय सुवेदी, कृष्ण आचार्य र दीवस लामिछानेबीच प्रतिस्पर्धा हुँदैछ । सहसचिवमा रेशम अधिकारी र विश्वहाङ राई र कोषाध्यक्षमा किसम कुमारी गुरुङ र ढाकाराम अधिकारी प्रतिस्पर्धा हुने जनाइएको छ ।
६ जना सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ । सदस्यमा अमृत प्रसाद तिवारी, लक्ष्मी कोइराला, गोपाल सङग्रौला, विकास गुरुङ, मोहन सुवेदी, कालिबहादुर नेम्माङ, जुना अधिकारी, नवराज श्रेष्ठ, अनिल थापा, चन्द्रबहादुर भुजेल, दीपक सापकोटाबीच प्रतिस्पर्धा हुनेछ ।
Leave a Reply