
रोहीत वस्नेत
कार्तिक ५ पोखरा : समितिको संयोजकमा : सं.अ.तथा सल्लाहकार श्री हिमालय बख्रेल, सह-संयोजकमा : श्री दिवानी सुवेदी, सदस्यहरुमा : श्री दिनेश सुनार, श्री बिकाश भुर्तेल, श्री रामनारायण श्रेष्ठ ।
तेस्तै समिति नौ जना सल्लाहकारहरु पनि चयन गरेको छ ।
१) नि.अध्यक्ष : श्री लाल काजी गुरुङ, २) पुर्ब अध्यक्ष श्री सुक बहादुर गुरुङ, ३) पर्यटनबिद : श्री जुद्द बहादुर गुरुङ, ४) प्राध्यापक : श्री शंकरनाथ पौडेल, ५) वडा सदस्य : श्री सम्मर बहादुर श्रेष्ठ, ६) समाजसेबि : श्री रमेश बहादुर कार्की, ७) समाजसेबी : श्री बाला सिह काउछा, ८) समाजसेबी श्री निरज थापा तथा ९) युबा समाजसेबि : श्री अनिल थापालाइ सर्बसम्मत मनोनीत गरिएको समितिका संयोजकमा : सं.अ.तथा सल्लाहकार श्री हिमालय बख्रेलले जानकारी दिनु भयो ।
पोखरामा धेरै अग्रज पर्यटन व्यावसायी हरु पनि छन् तर यहाँले युवा समाजसेवी अनिल थापालाई किन सल्लाहकारमा मनोनीत गर्नु भयो भन्ने जिज्ञाशामा उहाँले अगाडी भन्नु भयो युवाको जोस , दुरदर्शी भिजनले पर्यटकीय नगरी अझ सुन्दर आक्रषण बनाउन लागिपर्ने एक युवा समाजसेवी जसले गर्नूभएका सामाजिक काम को उचित मुल्याङ्कन गरेर समाजसेवी अनिल थापालाई सल्लाहकार मा मनोनीत गरेका छौं । पर्यटन व्यवसायीका छाता संगठन जसले आफ्नो व्यवसायलाइ मात्र सुरक्षित गर्ने भन्दा अनिल थापाको भिजन अलि फरक रहेको देखियो उहाँलाई सबैले साथ दिएमा पर्यटन क्षेत्रको परिकल्पना भिन्न हुनेछ ।
युनाइटेड क्लब पोखरा सामाजिक कार्य मार्फत पोखरामा छुट्टै स्थान हासिल गर्न सफल एक संस्था हो । पोखरामा महोत्सव आयोजना गरी पोखरा तथा पोखरा आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, प्राकृतिक सम्पदाको संरक्षण, नेपाली लोकसंस्कृति संरक्षण तथा नेपालीहरुको चार्डपवको वेलामा देउसीभैलोको आयोजना गरी संकलित रकमबाट विपद ब्यवस्थापन राहत कोष स्थापना गरी प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको सर्वविदितै छ ।
Leave a Reply