
असोज २९ पोखरा:
सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडको अध्यक्षमा गोपीबहादुर भट्टराई चयन भएका छन् ।
सहकारीको ११ साधारणसभाले भट्टराईको अध्यक्षमा नौ सदस्य नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विप्लव पौडेल, सचिबमा चौबहादुर गुरुङ, कोषाध्यक्षमा बलराम पहारी चयन भएका छन् ।

त्यसै गरी समितिको सदस्यमा भरतराज पराजुली, दोर्जे लामा, लोक गुरुङ, लक्ष्मण बराल र नरेश भट्टराई चयन भएका छन् ।

त्यसै गरी लेखा समिति संयोजकमा विश्वराज पौडेल, सदस्यमा श्रीकृष्ण श्रेष्ठ र खिम बहादुर ढकाल चयन भएका छन् ।
सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडले पोखराको लेकसाईडको जरेव स्थित सुलभ डिपार्टमेण्टल स्टोर्स सञ्चालन गर्दै आएको छ ।
Leave a Reply