
रोहीत वस्नेत
असोज ६ पोखरा :
पोखराका क्रियाशिल दुई सञ्चारकर्मी प्रेस काउन्सिलबाट काठमाण्डौमा पुरस्कृत हनु भएको छ ।
प्रेस काउन्सिल नेपालको ५१ औँ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुस्कार तथा फोटो पत्रकार राधिका कँडेल प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।
काठमाण्डौ स्थित प्रेस काउन्सिलले आयोजना गरेको कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले सञ्चारकर्मीलार्ई नगद राशी सहित सम्मानपत्र प्रदान गरेर पुरस्कृत गर्नुभएको हो ।
पुरस्कृत हुने नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहनु भएका श्रेष्ठ दुई दशकअघि २०५८ साल मा रेडियो अन्नपूर्णबाट पत्रकारिता शुरु गर्नुभएको थियो भने हाल सम्म उहाँ दर्जनौं विभिन्न संघ संस्थाबाट सम्मानित भइसक्नु भएको बुझिन्छ ।
मिलनशार तथा मिठो श्वरका धनी दीपेन्द्र श्रेष्ठको पोखरामा उद्घोषण तथा पत्रकारिता तालीम प्रदान तथा दक्ष जनशक्ति उत्पादनमा ठूलो योगदान छ ।
फोटो पत्रकार राधिका कँडेल एक दशकअघि पत्रकारिता शुरु गर्नु भएको थियो । हाल कोभिड-19 फोटो प्रतियोगितामा देशभरका फोटो मध्येबाट तृतीय हुन सफल भई पुरस्कृत समेत हुनुभएको थियो । हाल उहाँ रासस गण्डकीमा फोटो पत्रकारमा कार्यरत हुनुहुन्छ ।
Leave a Reply