
भाद्र २७ पोखरा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका छन् । शनिबार निर्माणाधीन विमानस्थल निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय गौरवका आयोजनामध्ये समयमै निर्माण सम्पन्न भएर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नमुना बन्ने उनले विश्वास व्यक्त गरे । उनले विमानस्थल निरीक्षणमा करिब दुई घन्टा बिताएका थिए । ‘कोरोना महामारी नआएको भए ६ महिनाअघि नै सम्पन्न हुने थियो मन्त्री भट्टराईले भने तैपनि निर्धारित समयमै सक्ने गरी काम भएको रहेछ । यो विमानस्थल सन् २०२१ को जुनभित्रै सम्पन्न हुन्छ । उनले आयोजनालाई आवश्यक सबै सहयोग गर्न सरकार तयार रहेको बताए । चिनियाँ कामदार ल्याउनका लागि आयोजना आफैँ लागेको छ, थप सहयोग आवश्यक गरे सरकार तयार छ भट्टराईले भने । सो क्रममा उनले अब ल्यान्डफिल्ड साइटलाई अन्यत्र सार्न पोखरा महानगरसँग समन्वय गरिने बताए । शुक्रबार भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनुगमन गरेका मन्त्री भट्टराई शनिबार दिउँसो पोखरा आएका हुन्
उनले अहिले चिनियाँ कामदार ल्याउन र आयोजना निर्माणमा चाहिने सामग्री ल्याउन नसकिएको बताए । चिनियाँ कामदार ल्याउन आयोजनाले पराराष्ट्र मन्त्रालय मार्फत् पत्राचार गरेर चिनियाँ सरकारका एजेन्सीहरूसँग कुरा गरेर कामदार ल्याउने प्रक्रिया अगाडी बढेको अन्तर्राष्ट्रिय उडान खुल्दै गएकाले विदेशबाट आवत–जावत गर्न समस्या नपर्ने उनको भनाइ छ । आयोजना निर्माणको काम सन्तोषजनक रहेको बताए ।
विमानस्थल निर्माणमा अहिले १ सय ८० जना चिनियाँ र १ सय जना नेपाली कामदार गरी २ सय ८० जना कामदारले काम गरिरहेको आगामी डिसेम्बरभित्र २ सय जना बढी चिनियाँ दक्ष कामदार एवं प्राविधिकहरू ल्याउनुपर्ने विमानस्थलमा आवश्यक १४ वटा भवनको काम अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्ड भित्र रहेर फोरडी मोडलमा बनिरहेको यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका बिमान उडान तथा अवतरण गर्न सक्छन् ।
Leave a Reply