
२६ भाद्र पोखरा: पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीलाई पत्नी शोक परेको छ ।
पोखरा पर्यटन परिषद्का पूर्व उपाध्यक्ष, टान पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्व अध्यक्ष तथा सल्लाहकार तथा नेपाल हवाई खेलकुद संस्था (ना) का वरिष्ठ उपाध्यक्ष दवाडीका धर्मपत्नी ४७ वर्षीया भगवती पोखरेल (दवाडी) को गएराति उपचारका क्रममा पोखराको फिस्टेल अस्पतालमा निधन भएको हो । उनी विगत छ महिनादेखी ब्लड क्यान्सरबाट पीडित रहेकी थिइन् ।
माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोक स्थायी घर भई हाल पोखरा–५ मालेपाटन निवासी स्व। दवाडीका एक छोरा र एक छोरी छन् ।
उनको आज नै धार्मिक परम्परा अनुसार पोखरा स्थित रामघाटमा दाहसंस्कार गरिएको छ । स्व। दवाडीलाई अन्तिम श्रद्धाञ्जली दिन गण्डकी प्रदेशसभा सदस्यद्धण् रामजीप्रसाद बराल ९जीवन०, राजिव पहारी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडी, नेकपाका नेता कार्यकर्ता, पर्यटन व्यवसायीहरु लगाएत शुभचिन्तक÷शुभेच्छुकहरु रामघाट पुगेका थिए ।
सो अवसरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै सांसद बरालले असमायिक निधनले समाजले असल नागरिक गुमाउनु परेको बताए । स्व. दवाडी माछापुच्छ्रे गाउँपालिकामा महिलाहरुका लागि कार्यरत संस्था आमा प्रतिष्ठान नेपालको संस्थापक कोषाध्यक्ष समेत थिइन् ।
यसबीच टान पश्चिमाञ्चल संघ पोखराले एक समवेदना सन्देश जारी गरी संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार वसन्तराज दवाडीका धर्मपत्नी तथा संघको सदस्य कम्पनी हिमालयन फ्रन्टटायर्स ट्रेकिङ एक्पिडिसनका सञ्चालक भगवती दवाडीको दुःखद निधनले आफूहरु मर्माहत भएको जनाएको छ ।
Leave a Reply