कास्कीको मादी हाईड्रोपावरमा कार्यरत एक चिनिया नागरिक मृत भेटिएका छन् । मादी गाउपालिका ६ स्थितमा मादि हाईड्रोपावरमा विगत ३ वर्ष अघिदेखि कार्यरत चिनिया नागरिक झिङ झा सोमवार विहान मृत भेटिएका हुन् ।
आईतवार राती खाना खाएर सुतेका ४७ बर्षीय उनी विहान मृत भेटिएका थिए । विहान अचेत अबस्थामा भनिएको भन्दै मनिपाल शिक्षण अस्पताल ल्याइएपनि उनको मृत्यु भैसकेको थियो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
२०६९ पुस १३ गते शिलान्यास भएको आयोजनाले २०७३ पुस १५ गते अर्थात लक्ष्य गरेभन्दा झन्डै वर्ष दिन ढिला उत्पादन थालेको थियो । २५ मेगावाट क्षमताको आयोजनाबाट अहिले १६ देखि १८ मेगावाट उत्पादन भइरहेको छ ।
Leave a Reply