
साउन २७ पोखरा: पोखराको पर्यटकीय क्षेत्र लेकसाइड जोड्ने सडकमा महिनौंदेखि खाल्टैखाल्टा परेका हुन्छन् । सडकमा खाल्टा परेको महिनौ सम्म महानगरपालिकाले सडकका खाल्टा पुर्न चासो नदेखाएपछि पोखराका पर्यटन क्षेत्रको व्यवसायीक बाराही ग्रुपले निजी खर्चमा लेकसाइड क्षेत्रका सडकका खाल्टा सिमेन्टको ढलान गरी पुरेका छन् ।

सडकमा परेका खाल्टाले सवारी साधन चलाउन र आम नागरिकलाई आउजाउ गर्न अप्ठ्यारो भएपछि पोखरा महानगरपालिका वडा नम्बर ६ भित्रका मुख्य सडक बुलौदीदेखि हल्लन चोक, फिर्केसम्मका खाल्टा बाराही ग्रुपले डेढ लाख बढी भन्दा बढी खर्च गरेर पुरेको पोखरा महानगरपालिका ६ का वडा सदस्य हरिकृष्ण पहारीले जानकारी दिए ।
सडकमा खाल्टा परेपछि सम्बन्धी निकायलाई ध्यान आकर्षण गर्न सडकमा धान रोप्ने, सडक नै अबरुद्ध गर्ने जस्ता संस्कृति बढीरहेको बेलामा महानगरपालिकालाई सचेत गराउन सिमेण्टको ढलान गरी खाल्टा पुर्ने काम उदारहणीय बन्नुमा दुइ मत नहोला ।
Leave a Reply