
साउन ७ पोखरा:
पोखराको लेकसाइड गौरीघाट दरवारमार्गमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएकी चिनियाँ महिलाको बुधबार कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल, पोखरामा भर्ना भएकी ४६ वर्षीया चिनियाँ नागरिक साउन २ मा हेलिकप्टरबाट एयरलिफ्ट गरेर ग्राण्डी अस्पतालमा लगिएको थियो ।
उनको उपचारका क्रममा बुधबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।
उनी सँग सम्पर्कमा रहेका अरु नागरीक क्वारेन्टाईनमा रहेका छन् ।
Leave a Reply