
जेष्ठ १३ पोखरा: स्याङ्जामा पहिलोपटक कोरोनो संक्रमित भेटिएका छन् । गण्डकी प्रदेश सभाका सदस्यद्वय भगवतप्रकाश मल्ल र मोहनप्रसाद रेग्मीले मंगलबारको प्रदेश सभाको बैठकमा उक्त जानकारी गराएका हुन् ।
भारतबाट आएर वालिङको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना पोजेटिभ देखिएको र उनीहरुलाई जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको प्रदेश सभा सदस्य रेग्मीले बताए ।
उनीहरु यही जेठ १० मा भारतबाट आएका थिए । उनीहरुको सोमबार पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण भएको थियो
प्रदेश सरकार मातहत रहेको उक्त अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री अभाव हुन नदिन उनले सरकारसँग आग्रह पनि गरे ।
प्रदेश सभा सदस्य मल्लले क्वारेन्टाइन अझै व्यवस्थित गर्न र संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरे । उनले पूर्वाधार विकास कोषको रकम स्वास्थ्य सेवामा रकमान्तर गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।
Leave a Reply