
जेष्ठ ८ पोखरा: नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालमा आज (बिहीबार) बिहान थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज संक्रमण पुष्टि भएका धेरैजसो झापा जिल्लाका छन्। झापाका १५ जनामा संक्रमण पुष्टि भएको हो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र विराटनगरको कोशी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।
आज थपिएका संक्रमितमा झापाकाे कचनाकवल गाउँपालिकाका १५ जना छन्। त्यसैगरी धनकुटा र सुनसरीका एक/एक जना छन्।
Leave a Reply