
जेष्ठ ४ पोखरा: नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पाइएको छ ।
बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे ।
उनकाअनुसार मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । स्वासप्रश्वासमा समस्या आएपछि आइतबार विहान ६ः४० बजे उनको मृत्यु भएको हो ।
पीपीई नभएका कारण एम्बुलेन्स चालकले अस्पताल लैजान नमाने पछी बाँकेमा क्वारेन्टाइनमा बसेका युवकको ज्यान गएको हो ।
Leave a Reply