
बैशाख २७ पोखरा : उदयपुरको भुल्केकी ४३ वर्षीय महिलामा शनिबार साँझ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।
शनिबार बिहानमात्रै उदयपुर र कपिलवस्तुका ३(३ तथा विरगञ्जका १ जनामा संक्रमण भेटिएको थियो। योसँगै उदयपुरमा संक्रमितको संख्या ३२ पुगेको छ।
नेपालमा संक्रमितमध्ये २८ जना निको भएका छन्। निको भएका ३ जनामा भने पुन: संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ।
पहिले श्रीमान्, पछि श्रीमती संक्रमित
शनिबार बिहान संक्रमण पुष्टि भएका तीन मध्ये दुईजनाका श्रीमानलाई यसअघि कोरोना संक्रमण देखिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीकाअनुसार दुई जना संक्रमित व्यक्तिका श्रमिती हुन् ।
भुल्केमा पहिलो पटक वैशाख ५ गते १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।
Leave a Reply