
बैशाख २१ पोखरा : आजै (आइतबार) यसअघि नौ जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ।
यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
यो सहित देशभर संक्रमितको संख्या ७५ पुगेको छ।
यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए।
देशभरका संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन्।
Leave a Reply