
बैशाख १९ पोखरा : नेपालमा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै देशभर संक्रमित हुनेको संख्या ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज नयाँ पष्टि भएकामध्ये एकजना रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज, बाँके निवासी ६० वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ।
‘उहाँहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरु स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ,’ मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्सेर राणाका अनुसार क्वारेन्टिनमा रहेका उनीहरुको स्वाव संकलन गरी बिहीबार भेरी अञ्चल अस्पतालमा पीसीआर परीक्षण गर्न पठाइएको थियो।
संक्रमितमध्ये हालसम्म १६ जना निको भई आआफ्नो घर फर्किसकेका छन्।

Leave a Reply