
बैशाख १८ पोखरा :
विश्वमा फैलिरहेको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागी नेपाल सरकारले लागु गरेको लकडाउनका बेला पोखराबाट हाल सम्म ९ सय ३५ जना पर्यटकको उद्धार गरिएको छ । त्यसै गरी ति पर्यटक मध्ये विहीवार ७२ जना पर्यटक पोखराबाट काठमाडौ तर्फ लागेका छन् ।
स्वीस राजदुतावासको पहलमा पर्यटक बस मार्फत ७२ जना विदेशी पर्यटक काठमाडौका लागी हिडेका छन् ति मध्ये फ्रान्स, जर्मनी, प्रोर्चुगल, पोल्याण्ड, नर्बे, अष्ट्रेलिया, इटाली, स्वीडेन, नेदरल्याण्ड, रोमालिया आदी मुलुकका नागरी रहेको कुरा पर्यटन प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

लकडाउन हुनु अगावै घुम्न आएका पर्यटक कोरोना भाइरसको माहामारीका वेला सरकारले गरेको लकडाउनका कारण पोखरा मै थुनिएर बसेका थिए । केही पर्यटकहरु पोखराबाट काठमाडौ र त्यहाँ थप गरी करीव ३०० जनाको समुहलाई फ्रेन्च राजदुतावासले गरेको चार्टड विमान मार्फ शनिवार त्यस तर्फ पठाइने छ ।
विश्वमा फैलिरुहेको कोरोना भाइरस युरोपीयन मुलकमा अझै विकराल अवस्थामा भएपनि आफ्नो देशमा फर्कन पाउनु खुसिका कारण पर्यटकले हसिलो मुहारका साथ पोखराको लेकसाइड स्थित हल्लनचोक नजीकबाट त्यहा देखिएका सवै नेपालीलाई शुरक्षितका साथ बस्नु होला भन्दै हाल हल्लाएका थिए ।
Leave a Reply