
रोहीत वस्नेत पोखरा १७ असार । पर्यटनको राजधानी पोखराको लेकसाईडका पौरखी महिलाहरुको एक समुह (मितेरी नारी समुह) को अगुवाइमा बसुन्धरा पार्क सँग जोडिएको फेवाताल किनारमा रहेको (सुन्दर दृष्यावलोकन स्थल) समिको बोटको जिर्ण चौतारी तथा रेलीङ्ग पूर्ण निमार्णकार्य सम्पन्न भई एक कार्यक्रमका साथ पोखरा लेखनाथ महानगर पालिका वडा नं ६ का नव निर्वाचित वडा अध्यक्षले उद्घाटन गरेका थिए ।
प्राकृतिक सुन्दरताले भरिएको पोखराको फेवाताल सबै पर्यटकहरुको गन्तब्य स्थल हो । फेवातालको किनारमा रहेको वसुन्धरापार्क मितेरी नारी समूहले १० बर्ष देखि संरक्षण गर्दै आएको र यस वसुन्धरापार्क भित्रका विभिन्न जिर्ण अवस्थामा रहेका संरचनाहरुको पुन निमार्ण गरी संरक्षण गर्दै आइरहेको सन्दर्भमा हाल वसुन्धरापार्क छेउमा फेवाताल सँगै जोडीएर रहेको समीको वोट भएको चौतारी जिर्ण अवस्थामा पुगेको थियो जुन चौतारी फेवाताल, रानीवन,हिमालको सुन्दर दृष्य संगै बाराही मन्दीर एकै पटक हेर्न सकिने ठाउँ हो । यहाँ फेवातालको वारीबाट नै माछापुच्छ्रे र अन्नपूर्ण हिमालको छाँया फेवातालमा परेको देख्न सकिन्छ यस्तो प्राकृतिक सुन्दर ठाउँलाई अझै प्राकृतिक रुपमा सजाएर ति जिर्ण अवस्थामा रहेका ठाउँलाई नयाँ रुपमा परिवर्तन गरीे पर्यटन प्रवद्र्धनको विकासमा यस नारी समुहले ठुलो भूमिका खेलेको छ ।
उक्त चौतारी र रेलिङ्ग पोखरा लेखनाथ महानगरपालिका बाट ३,४६,१००।— मितेरी नारी समुह बाट ३,०००००।— जनसहभागिता बाट ४६,०००।— गरी जम्मा ६,९२,२००।— को लागतमा पून निमार्ण गरीएको मितेरी नारी समुहकी अध्यक्ष कमला पहारीले जानकारी दिनु भयो ।
वडा समन्वय समितीका अध्यक्ष गिरीराज अधिकारी, वडा नागरीक मञ्चका संयोजक विष्णुहरी अधिकारी, वडा सदस्य विष्णु बहादुर भट्राई, वडा सदस्य हरी पहारी लगायत महिला वडा सदस्यहरुले धन्यवाद सहिद राम्रो कामको प्रशंसा गरेका थिए ।
Leave a Reply