
रोहीत वस्नेत
बैशाख १३ पोखरा : एम्बुलेन्स भनेको के हो ? एम्बुलेन्स बिरामी वा घाइते मान्छेलाई रोग वा चोट लागि उपचार गर्नको लागि अस्पताल सम्म पुर्याउन प्रयोग हुने सवारी साधन हो ।
एम्बुलेन्सको काम के हो रु उसो त एम्बुलेन्सको काम बिरामी बोक्ने हो । सबैलाई थाहा छ ।
विरामी बोक्नमा प्रयोग हुने एम्बुलेन्स सेवा किन जान्छ पटक पटक तरकारी बजार भित्र ? तर आपतकालिन अवस्थामा बिरामी ओसार्न प्रयोग हुने एम्बुलेन्समा तरकारी ओसारेको पाइएको छ । अन्नपूर्ण बाल तथा महिला अस्पताल ट्रमा सेन्टरको नाममा नेपाल भारत सहयोग लेखिएको ग ३ च ६३ नम्बरको एम्बुलेन्सलाई यहाँहरु तस्वीरमा देख्न सक्नुहुन्छ यो तस्वीर हो पोखराको शान्ति वनबाटिका तरकारी (मण्डी) भित्रको अति व्यस्त बजारको हो ।
शनिवार विहान करीव ६ बजे तरकारी मण्डीको गेट भित्र एम्बुलेन्स गयो गेटमा रहेका गेटपालेलाई (प्रबेश शुल्क) टिकट काट्न हतार थियो, उनले किन आएको भन्ने पश्न नगरी (प्रबेश शुल्क) टिकट काटे भित्र पठाइदिए उता कोरोना भाईरस संक्रमणलाई फैलिन नदीन सुरक्षामा खटीएका तैनाथ सुरक्षाकर्मीले समेत एम्बुलेन्स किन आएको भनेर वास्तै गरेनन् ।

एम्बुलेन्सको चरम दुरुपयोग गरी ब्यापारिक प्रयोजनका लागि पटक पटक तरकारी ओसार पसार गरिएको नाम बताउन नचाहाने एक तरकारी व्यापरी बताए ।
अहिले विश्व कोरोना भाइरस महामारीको चपेटामा छ कोरोना बाट बाँच्न र बचाउनको लागी सरकारले देश लकडाउन गरेको छ यति बेला निजी अस्पतालले कुनै पनि विरामी भर्ना गर्न मान्दैनन् । अन्य रोगका बिरामीले चाहेको समयमा सहजै एम्बुलेन्स सेवा पाउन सकेका छैनन्।

कतै ज्वरो आएको विरामीको नाम सुन्दा एम्बुलेन्स चालक एम्बुलेन्स छोडर भाग्छन् । सुत्केरी विरामी छट्पटाई छट्पटाई मर्छन विचारा नत अस्पतालले भर्ना गर्छन नत एम्बुलेन्सले बोक्न मान्छन् ।
अहिले कोरोना बाहेकका बिरामीले उपचारका लागि स्वास्थ्य संस्था जान तथा डिस्चार्ज भएका बिरामी घर फर्कनका लागि एम्बुलेन्स सेवा पाउनै मुस्किल छ । टाढाको अस्पतालमा उपचारका लागि पठाउनु पर्ने बिरामीले एम्बुलेन्स नै पाउँदैनन्, यस्तै गण्डकी प्रदेशमा धेरै बिरामीलाई समस्या भएको छ ।
नेपालको कानुनअनुसार एम्बुलेन्सले बिरामी बोक्न बाहेक यात्रु ओसार पसार, खाद्य सामाग्री तथा तरकारी बोक्ने र ब्यक्तिगत प्रयोजनमा प्रयोग गर्न पाइदैन । यस विषयमा चाडो भन्दा चाडो सम्बन्धित निकायको ध्यान पुग्न जरुरी देखिन्छ ।

Leave a Reply