
बैशाख ११ पोखरा :
कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला पनि उपचारपछि निको भएर घर फर्किएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ५० वर्षीया महिलालाई बिहीबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।
यसअघि लम्कीचुहाका २१ वर्षीय युवक, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय युवक निको भएर घर फर्किसकेका छन् ।
सेती प्रादेशिक अस्पतालबाट कोरोनालाई जितेर घर फर्किने ५० वर्षीया महिला चौथो संक्रमित हुन् ।
Leave a Reply