
बैशाख ७ पोखरा ः
पोखराका केही युवा मिलेर स्यानिटाइजर स्प्रे गर्ने स्वचालित उपकरण निर्माण गरेका छन् । नेपाल इञ्जिनियरिङ्ग संघ नेपाल गण्डकी प्रदेशको नेतृत्वमा निर्मित स्वचालित उक्त उपकरण पोखरा महानगरपालिकालाई आइतबार हस्तान्तरण गरिएको छ ।
पोखरा महानगरपालिकामा पुग्ने सेवाग्राही तथा सम्पूर्णले अब सेनिटाइजर टनेलमा सम्पूर्ण शरीर सेनिटाइज गरेर मात्र भित्र प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
कोभिड-१९ कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइजर टनेलको महानगरपालिकामा प्रयोगमा आएको हो ।
स्यानिटाइजर स्प्रे उपकरण आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ्गको उपस्थितिमा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो । उक्त स्यानिटाइजर मेसिन पोखरा महानगरपालिकाको गेटमा राखिएको छ ।
प्रयोगमा आएको सेनिटइजर टनेलमा छिरेपछि करिब ५ सेकेन्डमा यसले स्वचालित रुपमा होलबडीलाई ६० एमएलले सेनिटाइज गरिसक्ने नेपाल इन्जिनिरिङ एसोसिएसन गण्डकीका अध्यक्ष आर्कीटेक इन्जिनियर बाबुराम भण्डारीले जानकारी दिए । एक लिटर सेनिटाइजरले १७ जनाको शरीरलाइ सेनिटाइज गर्ने गरि टनेल निर्माण भएको हो । सेनिटाइजर टनेल १ लाख ५० हजारमा निर्माण भएको उनले बताए ।
Leave a Reply