
बैशाख ६ पोखरा :
बागलुङ नगरपालिका ३ की ६५ वर्षीया महिला कोरोना जितेर डिस्चार्ज भएकी छन्। उमेर बढी भएकाले उनलाई संक्रमण देखिँदा चिकित्सक, परिवारका सदस्य, आफन्त र आम शुभेच्छुक चिन्तामा थिए।
अझ उनी १५ / १६ वर्ष अघिदेखि दम र प्रेसरको विरामी थिइन्। वृद्ध आमाले १८ दिनमा कोरोना जितेर घर फर्किन्छिन् भनेर धेरैलाई लागेकै थिएन। तर, कोरोनाबाट आंतकति देश दुनियाँलाई बृद्धावस्थामा पनि उच्च मनोबल भए सहजै जित्न सकिन्छ भन्ने सन्देश दिएर उनी घर फर्किएका छन्।
चैत १७ गते कोरोना संक्रमण पुष्टि भए पछि होम क्वारेन्टिनमा बसेकी पौडेललाई धौलागिरी अञ्चल अस्पताल ल्याइएको थियो।
Leave a Reply