
चेत्र ९ पोखरा :
विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न फेवा डुङ्गा व्यवसायी संगठनले अर्को सुचना जारी नभएसम्म डुङ्गा नचलाउने निर्णय गरेको छ ।
तीव्र गतिमा फैलिने विशेषता भएको यो भाइरसबाट जोगिन र यसलाई परास्त गर्न नेपाल सरकारले २५ जना भन्दा बढी भेला नहुनुभन्दै सुचना प्रवाह गरेसँगै डुङ्गा व्यवसायी संगठनले डुङ्गा बन्द गर्ने निर्णय गरेको फेवा डुङ्गा व्यवसायी संगठन काअध्यक्ष बुद्धी बहादुर नेपालीले जानकारी दिए । फेवातालमा हाल ७ सय भन्दा माथि डुङगा छन् ।
उता फेवातालमा ड’ङ्गा बन्द भए पछी बाराही मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको दर्शन समेत ओझेलमा परेको छ । पुजारी सरसफाइ गरेर पुजा गरी फर्कन्छन डुङ्गा नै बन्द भए पछी मन्दिर पनि बन्द भयोे तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिकमत बहादुर कुँवर बताए ।
विश्व एक ढिक्का भएर प्रयास गरिरहेको छ । यो विषम परिस्थितिमा नेपालमा पनि उच्च जोखिम बढेको छ पुजारीले पुजा मात्रै गर्दछन तर दैनिक महाआरती कार्यक्रम पनि स्थगीत गरेको माता तालवाराही आराती सेवा समितिका अध्यक्ष गिरिराज अधिकारी ले वताए ।
Leave a Reply