
चैत्र ९ पोखरा :
सरकारले लामो दूरीमा चल्ने निजी सवारीलाई नरोक्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको सम्बोधनमा चैत १० गतेबाट लामो दूरीका सबै किसिमका यात्रुबहाक सवारीलाई रोक्ने घोषणा गरेका थिए । यसलाई स्पष्ट गर्दै प्रधानमन्त्री कार्यालयले लामो दूरीमा यात्रा गर्ने यात्रुबाहक निजी सवारीलाई नरोक्ने बताएको छ ।
यस अघि यातायात व्यवस्था विभागले लामो दूरीमा कार र मोटरसाइकलमा पनि यात्रा गर्न नपाइने भनेको थियो । प्रधानमन्त्रीको घोषणालाई ब्याख्या गर्दै कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्च स्तरीय समितिका प्रवक्ताले लामो दूरीका यात्रु बोक्ने सार्वजनिक सवारी मात्रै रोकिने बताएका छन् ।
यस अघि यातायात व्यवस्था विभागले लामो दूरीमा कार र मोटरसाइकलमा पनि यात्रा गर्न नपाइने भनेको थियो । प्रधानमन्त्रीको घोषणालाई ब्याख्या गर्दै कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्च स्तरीय समितिका प्रवक्ताले लामो दूरीका यात्रु बोक्ने सार्वजनिक सवारी मात्रै रोकिने बताएका छन् । by onlinekhabar
Leave a Reply