
पुष १६ पोखरा :
गण्डकी प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० को फेवा किनारबाट शुभारम्भ गरिएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ वटै जिल्लाका पर्यटकीय गन्तव्य प्रस्तुत गरिएको भिडियो क्लिप रिमोट थिचेर प्रदर्शन गर्दै भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।
गण्डकी प्रदेशको राजधानि पोखरामा नेपाल भ्रमण बर्षको वेलुन उडाउँदै मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले संघिय सरकारको सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य रहेकोमा गण्डकी प्रदेश सरकारले १० लाख पर्यटक भित्राउने दाबी गदै प्रदेश सरकारले ५० प्रतिशत योगदान दिने बताएका छन् ।
पोखराको फिस्टेल गेटबाट विभिन्न भेषभुषामा झाँकीसहितको बृहत रर्याली बाराहीघाटमा पुगेपछि औपचारिक शुभारम्भको घोषणा गरिएको थियो । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भ्रमण बर्ष २०२० गण्डकी प्रदेशका संयोजक एवं गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले अहिले हाम्रो पर्यटन बल्ल प्लस टु पास गरेको विद्यार्थीहरुको लेभलमा आएको छ हामीले यो पर्यटनलाई ४ वर्षमा पीएचडीको हाइटमा पुर्याउनु पर्नेछ भन्दै पर्यटन क्षेत्रबाट प्रदेशको समृद्धि सम्भव छ त्यसैले हामीले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छौ भ्रमण वर्ष सफल बनाउन सबै नेपाली एक हुनुपर्ने बताए ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा यस अघि नै घोषणा गरेको भए पनि नेपाल भ्रमण बर्षको पहिलो दिन जनवरी १ तारिख सातै प्रदेशका मुख्यमन्त्रीले आफ्नो क्षेत्रबाट नेपाल भ्रमण बर्षको शुभारम्भ गरेका छन् । यसै क्रममा गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि नेपाल भ्रमण बर्षको भब्य रुपमा शुभारम्भ गरिएको छ ।



Leave a Reply