
पौष ११ पोखरा
खवरदार हिमगृहमा आँखा नलगाउ प्रोख्रेली जनता
नेपाल ट्रष्टको कार्यालयले पोखराको हिमा दियालो बंगलालाई रिसोर्ट चलाउन भाडामा दिने तयारी गरेको छ ।
गोकर्ण रिसोर्टबारे लिज सम्झौताबारे विवाद भइरहेका बेला नेपाल ट्रष्टले भने हिमा गृहको संरचना रिसोर्ट व्यवसायका लागि भाडामा दिने तयारी गरेको हो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुरले हिमा गृह, दियालो बंगला रिसोर्टका लागि लिजमा दिन लागिएको बताए ।
हिमा गृह ऐतिहासिक सम्पदा हो । यसलाई इतिहास र प्रकृतिको ज्ञान लिने एकेडेमीको रुपमा विकास गरेर आकर्षणको थलो बनाउन सकिन्छ खवरदार हिमगृहमा आँखा नलगाउ प्रोख्रेली जनता ।
के हो हिमा गृह ?
तत्कालीन राजा महेन्द्र शाहका माइला भाइ हिमालय वीरविक्रमका नाममा हिमा गृह बनेको थियो । हिमालय निःसन्तान दिवंगत भए । त्यसपछि हिमागृह तत्कालीन राजा वीरेन्द्रको नाममा आयो । फेवा किनारमा रहेका रत्न मन्दिर र हिमा गृह तत्कालीन राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्मका रोजाइको थलो थियो ।
पोखरा आउँदा राजपरिवारको बास रत्नमन्दिर र हिमागृहमा हुन्थ्यो । ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ को रात रत्नमन्दिरमा बिताएका थिए । २०६२ – ०६३ को जनआन्दोलनपछि वीरेन्द्रको नाममा रहेको रत्नमन्दीर र हिमा गृह जनताको भयो । २०६४ साल असोज २१ गतेको मन्त्रिपरिषदको निर्णयले रत्नमन्दिरलाई नेपाल ट्रष्टको नाममा ल्याउने निर्णय गरेको थियो ।
Leave a Reply