
मंसिर २७ पोखरा :
खहरे टोलविकास संस्थाले यही पौष ५ गते रोगबाट ग्रसित र अपाङ्ग भएका व्यक्तिको सहयोगका लागी सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
लेकसाईड स्थित खहरे टोल विकास संस्थाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ६, खहरे, लेकसाईडका हाल अमेरीका निवासी राम वहादुर थापा र उनकी श्रीमति लक्ष्मी थापाको संयोजकत्वमा रोगबाट ग्रसित र अपाङ्ग भएका व्यक्तिको सहयोग लागी सांस्कृतिक कार्यक्रम गर्न लागेको खहरे टोल विकास संस्थाका अध्यक्ष खिमलाल पहारीले जानकारी दिए ।
बाच्नलाई त हरेक प्राणी बाचेकै हुन्छन्, तर अरुलाई समेत जीवनको अस्तित्व बोध गराएर बाच्ने र बाच्ने प्रेरणा दिने व्यक्तिहरुलाई नै महापुरुषको संज्ञा दिन सकिन्छ । जन्मदेखि मृत्युसम्म विभिन्नप्रकारका प्राकृतिक, मानवीय, आर्थिक तथा सामाजिक जोखिमहरू आइपर्न सक्छन् । जीवनयापनमा प्रत्यासित तथा अप्रत्यासित रूपमा आउने अप्रिय घटनाहरूको सामना गर्नुपर्ने हुन्छ । असामयिक दुर्घटना, रोगव्याधी, मानसिक असक्षमता, शारीरिक अशक्तता, हिँड्दाहिँड्दै मृत्यु तथा लडेर अङ्गभङ्ग हुन सक्ने, सामाजिक विपन्नता तथा वञ्चितीकरण आदि जस्ता जोखिमहरू मानिसको जीवनमा कुनै पनि समयमा देखापर्न सक्छन् र मानीस रोगबाट ग्रसित हुन सक्छन स्थानीय टोल विकास संस्थाहरु, आमा समुहहरु, स्थानिय बासिन्दाहरु तथा पोख्रेली दर्शकहरुको सहभागितामा न्यून बर्गका विभिन्न रोगबाट ग्रसित, अपाङ्ग व्यक्तिहरुलाई औषधी उपचार गर्न आर्थिक सहयोग गर्ने उद्देश्यले लोकप्रिय कार्यक्रम इन्द्रेणी समाज मार्फत सांस्कृतिक कार्यक्रम गरी सहयोग रकम हस्तान्त्रण गर्ने कार्यक्रम रहेको खहरे टोल विकास संस्थाका उपाध्यक्ष गणेशराज पहारीले जानकारी दिए ।
Leave a Reply