
मंसिर २३ पोखरा :
पर्यटकीय नगरीको कास्की जिल्लाको लेकसाईड स्थित एक मात्रै चर्चित प्रहरी कार्यालय वडा प्रहरी कार्यालय बैदाम प्रहरी कार्यालयका प्रमुख डिएसपी कोमल शाहको सरुवा भएको छ ।
गत बर्षको माघ महिनामा प्रहरी हेडक्वाटरबाट बैदाम आएका शाहको एक बर्ष पछि म.न.प्र. सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई रामशाहपथमा सरुवा भएको छ ।
२०७४ फागनुबाट डिएसपीको कमाण्ड शुरु भएको वडा प्रहरी कार्यालय बैदाममा यस अघि डिएसपी नविन कार्की थिए ।
हाल सरुवा भएका डिएसपी शाहको ठाउँमा प्र. प्र. का. साईवर व्युरो, काठमाडौबाट यादव ढकाल आउने भएका छन् ।

Leave a Reply